दफा १४
अनुमतिपत्र प्रदान नगरिने
(१) यस ऐन बमोजिम कुनै सेवा क्षेत्रमा खानेपानी तथा सरसफाइ सेवा प्रदान गर्न, आयोजना वा सेवा प्रणालीको निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न वा खानेपानीको स्रोतको सार्वजनिक, संस्थागत व्यावसायिक तथा औच्योगिक उपयोगको लागि कुनै सङ्गठित संस्थालाई अनुमतिपत्र दिइएकोमा त्यस्तो अनुमतिपत्रको अवधिभर सोही क्षेत्रमा अनुमतिपत्र प्राप्त गरेको खानेपानीको स्रोतमा प्रतिकूल असर पर्ने गरी अन्य कुनै सङ्गठित- संस्थालाई अनुमतिपत्र प्रदान गरिने छैन।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा अन्य सङ्गठित संस्थालाई अनुमतिपत्र दिन सकिनेछ:-
(क) सेवा क्षेत्रमा गुणस्तरीय सेवा प्रदान नगरेमा,
(ख) नियमित रुपमा खानेपानी वितरण नगरेमा,
(ग) माग अनुसारको खानेपानी आपूर्ति गर्न नसकेमा,
वा
(घ) दफा १५ बमोजिम अनुमतिपत्र खारेज भएमा ।